निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?

निर्वाचन आयोगले माघ ९ गते प्रत्यक्षतर्फका ३ हजार ४ सय ६ जना उम्मेदवारको वैयक्तिक विवरण प्रकाशन गर्‍यो । डिजिटल युगका मतदाताका लागि आयोगको वेबसाइटमा सार्वजनिक सूचीबाटै तत्काल उम्मेदवारको योग्यता जान्न सकिने भनिएको थियो । त्यही वेबसाइटमा राखिएका सूचीका कारण जनस्तरबाट उम्मेदवारका योग्यताबारे चर्चा परिचर्चा भइरहेको छ । मतदाताले उम्मेदवारको योग्यताबारे सामाजिक सञ्जालबाटै प्रश्नसमेत गरिरहेका छन् […]