मोदी सरकारविरुद्ध दिल्लीमा युवाहरूको प्रदर्शन, प्रहरीद्वारा सयौँ युवा र विपक्षी नेता पक्राउ

भारतमा मतदाता नामावलीको विवादास्पद संशोधन र व्यापक नाम कटौतिको विरोधमा सुरु भएको जनआक्रोशले नयाँदिल्लीलाई अस्तव्यस्त बनाएको छ। शनिबार राजधानीको मुख्य विरोध स्थल ‘जन्तरमन्तर’ तर्फ अगाडि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरी सयौँ युवा प्रदर्शनकारी, नागरिक समाजका अगुवा तथा विपक्षी दलका शीर्ष नेताहरूलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनलाई नियन्त्रण गर्न र भीड जम्मा हुन नदिन सरकारले राजधानीका विभिन्न […]