खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले दिएको आपत्तिजनक अभिव्यक्तिप्रति असन्तुष्ट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललाई भेटेका छन्। उनले सुनारले संसदीय मर्यादासमेत भुलेर आफूविरुद्ध संसदीय समितिको बैठकमा दिएको अभिव्यक्ति र गरेको व्यवहारबारे गम्भीर ध्यानाकर्षण गराएका हुन्। कार्की नेपाल प्रहरीका अन्य उच्च अधिकारीसहित सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए […]