रिपब्लिकन आन्तरिक चुनावमा ट्रम्पलाई सफलता: कट्टर आलोचक म्यासी पराजित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक मानिएका रिपब्लिकन सांसद थोमस म्यासी पराजित भएका छन्। उनी पुनः निर्वाचन लड्ने प्रयासका लागि भएको आन्तरिक (प्राइमरी) निर्वाचनमा पराजित भएका हुन्। ट्रम्प समर्थित उम्मेदवार तथा पूर्व नेभी सिल एड गाल्रेन (एड गलरेन) ले केन्टकी प्राइमरी निर्वाचनमा म्यासीलाई हराए। गाल्रेन अब नोभेम्बरमा हुने मध्यावधि निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार बन्न सफल […]