साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

धितोपत्र कारोबार राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको विवरण अद्यावधिक वा नवीकरण गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्ने भएको छ। लगानीकर्ताको विवरणलाई थप व्यवस्थित र विश्वसनीय बनाउन यो व्यवस्था लागू गर्न लागिएको हो।