मनमोहन विश्वविद्यालयले प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने

विराटनगर। मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल इञ्जिनियरिङमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोशी प्रदेश सरकारले स्थापना गरेको सो विश्वविद्यालयले एसईई उत्तीर्ण गरेर तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर सिभिल इञ्जिनियरका लागि स्वीस सरकारसँगको साझेदारीमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको हो । नेपालमा सिभिल इञ्जिनियरिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय व्यावसायिक […]