सङ्खुवासभा। सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ। सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१.५ मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो। यहाँ एक कार्यक्रमकाबीच अर्बिट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन्। यो निजी क्षेत्रले पहिचान गरी अघि बढाएको आयोजनाको हो। सभापोखरी ३ मा इन्टेक […]