विश्वकप लिग २ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार (आज) ओन्टारियोसँग टी-२० अभ्यास खेल खेल्दै छ। साँझ ७:४५ मा किङ सिटीस्थित मेपल लिफ मैदानमा प्रतिस्पर्धा हुनेछ।यसअघि आफ्नो पहिलो अभ्यासअन्तर्गत भएको एकदिवसीय खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।जितका बाबजुत एकदिवसीयमा खुलेर ब्याटिङ गर्न नसकेको नेपाली टोली आफ्नो ब्याटिङलाई पुनः लयमा ल्याउने प्रयासमा हुनेछ। टी-२० भएकाले स्वभाविक रूपमा ब्याटिङ लाइनअपमा विस्फोटक ब्याटर