बाला चतुर्दशीको फरक दृष्य : कठ्याङ्ग्रिँदो जाडोमा आनन्दको वाग्मतीमा डुबुल्की

अरु बेला पशुपतिमा पानी बेच्ने आनन्द यादवको आजको दिनचर्या भने फरक थियो। पानी बेचेर गुजारा गर्ने उनी आज भने पानीमा निर्धक्क चोबलिँदै थिए। काठमाडौं चिसिएको बेला वाग्मतीको पानी छोइसक्नु छैन। तर, उनमा त्यसको पर्वाह देखिएन। बाला चतुर्दशीमा आज सतबिज छर्नेहरुको पशुपतिमा राम्रै भिड थियो। त्यही भिड आनन्दका लागि गजबको