चैत २४, काठमाडौं । आगामी चैत २६ गते काठमाडौंमा हुन लागेको 'काठमाडौं युथ कनक्लेभ'को इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट छानिएको छ ।
यो कार्यक्रम युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्धेश्यले आयोजना हुन लागेको आयोजकले बताएका छन् ।
यसैगरी कार्यक्रमको होमअपलाईन्स पार्टनरको रुपमा लाईफर रहेको छ।कार्यक्रममा लक्कीड्रमार्फत लाईफरले तीन जना भाग्यशाली बिजेतालाई पहिलो, दोश्रो र तेस्रो छनोट गरी टिभी, भ्याकुम क्लिनर र राइसकुकर हस्तान्तरण गरिने कम्पनीका मार्केटीङ हेड सोहिल श्रेष्ठले बताएका छन्।
युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसन लकलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम काठमाडौंस्थित प्रज्ञा भवनमा हुने छ ।