काठमाण्डाै - नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ ।
आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेसले अभियान चलाउन लागेको हो ।
अभियानअन्तर्गत तीन चरणमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । पहिलो चरणमा आजदेखि २४ गतेसम्म नागरिकको घरदैलोमा पुग्ने कार्यक्रम छ । दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि अभियान चल्नेछ ।
अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय ...