काठमाडौं : जिनोमिक पहिचान (जिनोमिक सेक्वेन्सिङ)को लागि भारतको नयाँ दिल्ली पठाइएका कोरोना भाइरसका सबै नमुना डेल्टा भेरियन्ट भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।
गत जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा…