च्याट जिपिटीमाथि नियन्त्रणको लडाइँ, सीईओ अल्टम्यानमाथि मस्कले हाले मुद्दा

काठमाडौं । अर्बपति एलन मस्क फेरि एकपटक चर्चामा छन् । यसपटक उनी च्याट जिपिटीको मातृ कम्पनी ओपन एआईलाई लिएर चर्चामा छन् । वास्तवमा ओपन एआईसँग एलन मस्कको सम्बन्ध निकै पुरानो छ । त्यो सम्बन्ध ओपन एआई कम्पनीको जग राख्नेबेलाकै हो । तर स्टार्टअप स्थापना भएको केही समयपछि उनी ओपएन एआईबाट अलग्गिए । अहिले आएर एलन […]

सम्बन्धित सामग्री

च्याट जिपिटीका संस्थापक कसरी बने २ अर्ब डलरका मालिक ? एलन मस्कले हाले मुद्दा

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका सहसंस्थापक तथा सीईओ साम अल्टम्यानको कुल सम्पत्ति दुई अर्ब डलर नाघेको छ । यद्यपि अचम्मको कुरा के छ भने उनी विश्वको सबैभन्दा चर्चित आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीको ओपन एआईका पर्यावाची भएतापनि उनको अर्बौं सम्पत्तिमा उक्त कम्पनीको योगदान छैन । मिडिया रिपोर्ट अनुसार साम अल्टम्यानको एआई स्टार्टअप ओपनएआईमा कुनै हिस्सेदारी नै […]

च्याट जिपिटी प्रमुख भन्छन् : एआईमाथि नियन्त्रणको कुराले रातभर सुत्न सक्दिन

काठमाडौं। अत्यधिक लोकप्रिय एआई च्याटबट च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका सीईओ साम अल्टम्यानले कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि अपेक्षा भन्दा धेरै तीव्र गतिमा विकसित भैरहेको तर यसको नियमनको मामिलामा विश्व समुदाय निकै पछि रहेको बताएका छन् । साथै उनले एआई माथिको नियन्त्रण कम्पनीहरुको हातमा नभई समाजको हातमा हुनुपर्ने पनि बताएका छन् । अल्टम्यानले […]

च्याट जिपिटीका सीईओ साम अल्टम्यानले सुरु गरे वैवाहिक जीवन

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका सीईओ साम अल्टम्यानले बिहे गरेका छन् । उनले सीमित पाहुनाहरुको उपस्थितिमा आफ्नो केटा साथी ओलिभर मुहेरिनसँग बिहे गरेका हुन् । उनको बिहेको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ । यद्यपि कतिपय मानिसहरुले यी तस्वीरहरु एआईबाट तयार पारिएको हुनसक्ने आशंका गरेका छन् । तथापि अल्टम्यान आफैंले आफ्नो बिहे भएको पुष्टि […]

एआई कम्पनी शुरु गर्ने योजनामा एलन मस्क, 'च्याट जिपिटीलाई टक्कर दिने'

काठमाडौं । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला (Tesla)का सीईओ एलन मस्क (Elon Musk)ले अब सामाजिक सञ्जाल (Social Media)पछि कृत्रिम बौद्धिकतामा हात हाल्दैछन् । आर्टिफिसियल इन्टेलिजेन्स AI (एआई) च्याट जिपिटी (ChatGPT)लाई टक्कर दिन एआई कम्पनी शुरू गर्ने योजना रहेको उनले बताएका छन् ।  मस्कले नयाँ कम्पनीको नाम  X.AI राखेका छन् । पछिल्लो समय मस्कले एआईको आलोचना गर्दै आएका छन् । यसअघि पनि उनले सामाजिक सञ्जालहरूको खेदो खनेर अन्ततः माइक्रो ब्लगिङ वेबसाइट ट्विटर किनेका थिए ।  नयाँ venture का लागि मस्कले विशेष अनुसन्धानकर्ता र इन्जिनियरहरूको टोली तयार पारिरहेको स्रोतहरूले भनेका छन् । यसका लागि अन्य थुप्रै लगानीकर्ताहरूसँग छलफल भइरहेको छ । मस्क यसअघि नै टेस्ला, अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्स र ट्विटर इंकका सीईओको छन् । नयाँ कम्पनीमा पनि उनी निर्देशक भूमिकामा रहन सक्ने सञ्चारमाध्यमहरूले भनेका छन् । कम्पनीको मुख्यालय टेक्ससको नेवादामा रहने बताइएको छ । कम्पनीले १० करोड कित्ता विक्रीको लागि अनुमति लिएको बताइएको छ ।  सोही कम्पनीको लागि मस्कले ठूलो संख्यामा ग्राफिक प्रेसेसिङ यूनिट किनेका थिए । उनले नयाँ कम्पनीका लागि आवश्यक विज्ञता निर्माण गर्न कोडर, इञ्जिनियर र अन्य प्राविधिकहरूलाई भर्ती गरेका थिए ।   मस्कले Chat GPT बनाउने कम्पनी माइक्रोसफ्ट समर्थित ओपनएआईलाई टक्कर दिने कम्पनी बनाउने खोजिरहेका छन् । चाखलाग्दो कुरा के हो भने मस्कले ओपनएआईमा १० करोड डलर लगानी गरेका थिए ।  तर पछि उनी कम्पनीबाट बाहिरिए । हालैका महीनामा विश्वभर च्याटजीपीटी, जीपीटी ४ निकै चर्चित बनेको छ । एजेन्सी