प्रतिनिधिसभाको गठनका लागि हामीले मिश्रित निर्वाचन प्रणाली अर्थात् दुई किसिमले सदस्य निर्वाचित गर्छौं– समानुपातिक र ‘फर्स्ट पास्ट द पोस्ट’ (बढी मत ल्याउनेले जित्ने) प्रणालीबाट । यो प्रणाली द्वन्द्व व्यवस्थापन गर्ने क्रममा समावेशी निर्वाचित निकाय बनाउनका लागि गरिएको सम्झौताको परिणति हो । निर्वाचित निकायलाई धेरै हदसम्म समावेशी बनाउन हामी सफल पनि भयौं, तर निर्वाचन व्यवस्थापनका क्रममा विभिन्न विकार, विकृति देखापरेका छन् ।स्वाभाविक रूपमा अन्य निर्वाचन प्रणालीको तुलनामा ‘फर