वासिङटन : युरोपको ‘रोटीको भण्डार’ भनेर चिनिने युक्रेनमा रूसको आक्रमणले खाद्यान्न आपूर्तिको अवस्था निकै भयावह बन्दै छ। यो महासंकटमा केही दिनअघि मात्रै संयुक्त राष्ट्रसंघले विश्वमा १० हप्ता अर्थात् ७० दिन मात्रै खान पुग्ने गहुँ बाँकी रहेको चेतावनी दिएको थियो। यो अवस्था सन् २००८ यताकै तल्लो बिन्दुमा झरेको छ।संयुक्त राष्ट्रसंघले विश्वमा अहिले देखिएको खाद्य संकट 'एउटा पुस्ताले एक पटक भोग्ने' बताएको छ। यसैबीच जापानमा आयोजित क्वाड बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले खाद्यान्न संकट