बटौलीको ‘गाउँले चुलो’

रातो माटो र कमेरोले पोतेको घरको ढोकाबाट छिर्नेबित्तिकै कसौडी, माटोले लिपपोत गरेको सफा चुलोमा दाउरा । भित्तामा मकैका झुत्ता, सुपो, सारंगी टाँगिएका छन् । यी सबै सजावट हेर्दा बुटवलको मध्यभागमा पनि गाउँकै सम्झना आउँछन् । आगो बलेको भान हुने चुलोको अगाडि बसेर गाउँले परिकार खाँदा त झन् ग्राहक मख्खै पर्छन् । एकपटक खाएपछि दोहोर्‍याएर दाल र भात खान अन्त जानै मन लाग्दैन ।