चन्द्रौटा : उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै सोमबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। आव ०७१/७२ मा प्रति क्विन्टल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नपाएको भन्दै रकम माग गरिएको छ।कपिलवस्तुका उखु किसान यसरी आन्दोलित भएको ७ वर्ष भइसक्यो। यो अवधिमा किसानले पटक पटक ज्ञापन पत्र र आन्दोलन गर्दै आएका छन्। किसानले आश्वासन पाए पनि माग भने अहिलेसम्म पूरा नभएको दुखेसो पोखेका छन्।महालक्ष्मी सुगर मिल्सले किसानको रकमबाट खरिद गरेको ड्रिल मेस