मोदी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय वायुसेनाको विमान लुम्बिनीमा
जेठ २ गते २५६३ औं बुद्ध जयन्तीमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली रुपन्देही आएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा जेठ २ गते लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था मिलाउन भारतीय सैनिक अधिकारीहरु लिएर विशेष विमान गौतमबुद्ध विमानस्थलमा ओर्लिएको हो ।