दलहरूसँगको संवादपछि प्रधानमन्त्री कार्कीले के भनिन् ?

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन आआफ्नो तर्फबाट जुट्नका लागि आह्वान गरेकी छन्। दलहरूको संवादपछि प्रधानमन्त्रीले सबैको चिन्ता र चासोलाई सम्बन्धन गर्दै समयमै निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताइन्। संवादपछि सामाजिक सञ्जालमा लेख्दै कार्कीले निर्वाचनको आवश्यकतामा कसैको विमति नरहेको बताइन्।