राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ। एक महिलालाई धम्की दिएको तथा ब्ल्याकमेल गरेको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारमाथि आन्तरिक छानबिन अघि बढाउँदै तत्कालका लागि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो। रास्वपाका महामन्त्री विपिन आचार्यले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाउन […]