दाङ – दाङको राप्ती गाउँपालिकाले विद्यालय वरपर जंक फूड अर्थात पत्रु खाना बिक्री गर्न रोक लगाएको छ । विद्यालयको एक सय मिटर वरपर जंक फूड र चिसो पेय पदार्थ बिक्री वितरणमा रोक लगाउन गाउँपालिकाले निर्देशन दिएको हो ।
गएको असार १९ गते गाउँ कार्यपालिकाको बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतले सार्वजनिक कार्यक्रममा प्लाष्टिकका फूल, खादा तथा चिसो पेय पदार्थ र जंक फूड प्रयोग नगर्ने निर्णय गरेको थियो । गाउँपालिकाले जंक फुडको साटो पालिकामा उत्पादन हुने फलफूल अन्न धा...