पठाओको कार्यालयमा तोडफोड, ४५  जना पक्राउ

काठमाण्डौ – राइड शेयरिङ एप पठाओको कार्यालय नयाँ बानेश्वरमा तोडफोड भएको छ । केही दिन अघिदेखि विभिन्न माग राखेर विरोध गरिरहेका पठाओका चालकहरुले कार्यालयमा तोडफोड गरेका हुन् । आफ्ना माग पूरा नभएको भन्दै सय जनाभन्दा धेरै पठाओका चालक कार्यालय घेराउ गर्न पुगेका थिए । त्यही बेला केही व्यक्तिले कार्यालयमा ढुङ्गा प्रहार गर...