कोरोना भाइरस संक्रमण निको भइसकेपछि पनि कतिपय व्यक्तिको शरीर कमजोर हुने गर्छ । संक्रमित व्यक्तिले पुरानै स्वस्थ अवस्थामा फर्किन कति समय लाग्ने हो कुनै यकिन हुँदैन ।
यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिने गरेका छन् ।
एक अध्ययनअनुसार कोभिड निको भइसकेपछि पनि खानपानमा विशेष ध्यान दिनुपर्छ ।
पहिलो– घरबाहिर होटल, रेस्टुरेन्टको खाना पूरै बर्जित गर्नुपर्छ । बाहिरको खाना कति बासी हो, के–के मिसाइएको हो, कस्तो तेल प्रयोग गरिएको हो ? यकिन नहुने भएकाले घरमै खाना बनाएर खानु स्वस्थकर हुन्छ...