राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् । सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल जस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु गराउनु अझै पनि चुनौतीको विषय भएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताइन् । उनले क्यान्सर