बुधबार साँझपख चट्याङ्ग लागेर गुल्मीको ईस्मामा गाउँपालिकामा घटनामा ४ जना गम्भीर घाइते भएका छन् । जसमध्ये एक जना बालकको अवस्था चिन्ताजनक रहेको छ । ईस्मा–४ को दोहली कुखरीकाच्यानका रामबहादुर गन्धर्वका ११ वर्षीय छोरा राहुल गन्धर्वको अवस्था चिन्ताजनक रहेको हो ।सोही वडाको डाँडा गाउँकी राधा भनेर चिनिने १७ वर्षीया राधिका खत्रीको अवस्था पनि गम्भीर रहेको छिमेकी माया कुँवरले बताइन् । डाँडा गाउँकी २५ वर्षीया शर्मिला खत्री र २३ वर्षीया गोमा खत्री पनि चट्याङ्ग लागेर घाइते भएको गुल्म