जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेको एघारौँ महाधिवेशनमा नेतृत्व पुस्तान्तरणको विषयलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन्। महाधिवेशनको उद्‌घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै बुर्लाकोटीले मुलुकमा विद्यमान राजनीतिक चुनौतीप्रति ध्यानाकर्षण गराए। उनले जेन-जी आन्दोलन विस्फोट हुनुमा पछिल्ला ३०–३५ वर्षदेखि देशको बागडोर सम्हाल्दै आएका सबै राजनीतिक दलहरूले जिम्मेवारी लिनुपर्ने बताए। यसमा राष्ट्रिय स्वतन्त्र […]