सिन्धुली – सिन्धुली क्षेत्र नम्बर २ बाट मतगणना सुरु भएको छ ।
अहिले बेलुकी साढे ६ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना सुरु भएको हो ।
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ को हरिहरपुरगढी गाउँपालिका ३ बाट, प्रदेश सभा सदस्यको सिन्धुली क्षेत्र नम्बर १ को सुनकोसी गाउँपालिका ५ लिटेभन्ज्याङबाट र क्षेत्र नम्बर २ को हरिहरपुरगढी गाउँपालिका ६ बाट मतगणना सुरु गरिएको हो । २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा क्षेत्र नम्बर १ को मतगणना भने बेलुकी ८ बजेदेखि सुरु हुने जिल्ला निर्वाचन कार्यालय सिन्ध...