स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १५ गतेभित्र थप ३२ लाख मात्रा खोप नेपाल आउने बताएको छ । त्यसपछि पनि निरन्तर खोपहरु आउने भन्दै मन्त्रालयले संयमित भइ खोप अभियान सफल बनाउन सहयोग गर्न सबै नेपालीप्रति अनुरोध गरेको छ ।
मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा कोरोना संक्रमणबाट नेपालीहरुलाई जोगाउन खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिएको छ । यसका लागि आवश्यक पर्ने सबै खोपहरुको व्यवस्थापन भइरहेको मन्त्रालयको भनाइ छ ।
पछिल्लो समय प्राप्त सबै खोपहरु जिल्लाहरुमा पुसिकेको र केही जिल्लाहरुबाट भरोसेल खोप अभियान सु...