बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

रुपन्देही । बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं। को बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो । दिउँसो सवा तिन बजेतिर बुटवल ८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साइकलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। […]