उत्तर कोरियामा भोकमरीको स्थिति आएपछि धनीका छोराछोरीलाई अपहरण गर्दै गरीब

उत्तर कोरियामा खाद्यान्न अभावका कारण भोकमरीको स्थिति आएपछि धनी परिवारका बालबालिकालाई अपहरण गरेर फिरौती माग्ने अपराध बढेको छ ।  हालैका सातामा कम्तीमा चारजना बालबालिकाको अपहरणको खबर छ ।  किम जोङ उनको देशमा खानेकुरा, इन्धन र दैनिक आवश्यकताका अन्य वस्तुको अभाव चर्किँदै गएको छ । देशमा कोरोना रोक्नका लागि सीमा बन्द गरिएपछि खाद्यान्न अभाव बढेको हो ।  कोरोनाभाइरस फैलिएमा देशको पुरानो र कमजोर स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने डर भएकाले सीमालाई कठोर रूपमा बन्द गरिएको थियो ।  त्यसमाथि बाढीपहिर...