दीपेन्द्र आईसीसी वरीयताको शीर्ष १० मा

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० अलराउन्डरको वरीयतामा शीर्ष १० मा पर्न सफल भएका छन् ।  गत साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा दीपेन्द्र ‘म्यान अफ दी सिरिज’ घोषित भएका थिए । दीपेन्द्रसिंहले शृंखलाको पाँच इनिङ्समा एक शतक र दुई अर्धशतकसहित २५५ रन बनाएका थिए ।...