कुवेतद्वारा नेपालीको प्रवेश र नेपालबाट हुने हवाइ उडानमा रोक

काठमाडौं। खाडी राष्ट्र कुवेतले नेपाली नागरिकको प्रवेश र नेपाल हुने व्यापारिक हवाई उडानमा अस्थायी रोक लगाएको छ। कुवेतको हवाई उड्डयन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि उक्त रोक लगाएको हो। नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि कुवेतले नेपालीको प्रवेशमा रोक लगाएको हो। कुवेतले नेपालसँगै पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ।

सम्बन्धित सामग्री