विराटनगर : नेकपा विप्लव समूहका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा धरौटीमा रिहा भएका छन्। २०७६ साल असोज १६ गते पक्राउ परेका उनलाई संगठित अपराध तथा विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो।अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छाड्न आदेश दिएको खतिवडाले बताए।उनीसहित सोही मुद्दामा पक्राउ परेका नेकपाका अर्का नेता बालकुमार डाँगीसमेत रिहा भएका छन्।डाँगी मोरङ बुढीगंगा-७ निवासी हुन् भने खतिवडा बुढीगंगा-४ का स्थायी