काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको पद तत्कालका लागि बचेको छ। पार्टीगेट काण्डका कारण समस्यामा परेका बेलायतका प्रधानमन्त्री आफ्नै पार्टीको संसदीय दलमा अविश्वासको प्रस्तावको सामना गरेका जोनसनले विश्वासको मत पाएपछि उनको पद जोगिएको हो।गएराति भएको कन्जरभेटिभ पार्टीको संसदीय दलमा भएको विश्वासको मतदानमा कन्जरभेटिभका कुल ३५९ सांसद मध्ये जोनसनको पक्षमा २११ मत परेको थियो भने उनको विपक्षमा १४८ मत परेको थियो। यो जितपछि जोनसन अब कम्तिमा एक वर्ष प्रधानमन्त्री पदमा रहनेछन्।पार्टी र सरकारमा बढ्