पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो, अनि फेवाताल पोखराको पहिचान र मुटु नै हो भन्दा फरक नपर्ला । तर, पछिल्लो समय फेवातालको अवस्था हेर्दा पर्यटकीय नगरी पोखराको सानमाथि नै दाग लागेजस्तो भान हुन्छ । फेवातालको क्षेत्रफलको विषय होस् या त्यहाँ वरपर बनेका संरचनाहरू नै किन नहोस् यसले फेवाताल संरक्षणको विषयलाई नै चुनौति थपेको छ । अझ त्यसमा पनि फेवाताल वरपर देखिने फोहोरका कारण सुन्दरतामा पनि प्रश्न उठाउने गरेको छ । विशेष गरेर फेवातालको पानी बगेर जाने नहर क्षेत्रमा फोहोरको डङ्गुर देख्न सकिन्छ