सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य वस्तु र हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ ।
इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर, राइस कुकर, पङ्खालगायत विद्युतीय उपकरणको मूल्य भने घट्ने भएको छ । शिशु स्वास्थ्य र पोषण प्रवद्र्धन गर्न शिशुले सेवन गर्ने दूधको भन्सार महसुल पनि ५० प्रतिशतले घटाइएको छ । मूल्य थपघटको व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुनेछ ।
डेबिट कार्ड, क्रेडिट कार्ड, क्युआर कोड, स्क्यान–टु–पेलगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा स...