काठमाडौं : नेकपा एसनिकट युवासंघ नेपालको भोलि हुन गइरहेको सचिवालय बैठकमा दुईखाले नाम लिष्ट जारी भएको छ। विवादले गर्दा दुईखाले लिष्ट बनेपछि बैठक बस्ने नबस्ने विषयमा अन्योलता देखिएको छ।महासचिव दीपक जिएमले ३०६ जनाको संख्याको नामावली र उपाध्यक्ष तथा संगठन विभाग प्रमुख नितेश पौडेलले ४२५ जनाको नामावली जारी गरेपछि नयाँ परिस्थिति उत्पन्न भएको हो।भोलि बस्ने भनिएको बैठकले नयाँ नेतृत्व चयन गर्ने एजेन्डा भएकोले एस सचिवालय सदस्य संख्याको विषयलाई संस्थापन पक्ष र इतर पक्षले आ-आफ्नो संख्यामा दाबी गरेक