पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो कारणले नेपाल कम्युनिस्ट पार्टी विभाजन उन्मुख भएको आरोप लगाएको सुनाउँदै आफूबाट पनि कमजोरी भएको स्वीकार गरेका छन् । उनले आफू कुनै समूहमा नलागेर पार्टी जोगाउन लागेको भए नेकपाको विभाजन रोकिन सक्थ्यो भन्दै आत्मालोचना गरेका हुन् ।अभियानको भेलालाई सम्बोधन गर्दै उनले भने, जति म जिम्मेवार छु, सचिवालयका ९ जना सदस्य पनि त्यतिकै जिम्मेवार हुनुहुन्छ । पार्टी विभाजन हुन्छ भनेर मैले कल्पना पनि गर्न सकिनँ ।उनले पार्टीका प्रधानमन्त्री विरुद्ध ल्याउन लागेक