पर्वत : पोखरामा जारी १९ औँ संस्करणको आहा–रारा गोल्ड कपमा पाहुना टोली अफ्रिकन रुट एसोसिएसन र संकटा क्लब भिड्ने भएका छन्।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा अफ्रिकन रुटले विभागीय टोली नेपाल पुलिस क्लबलाई ०–२ गोलअन्तरले पराजित गरेर उपाधिका लागि फाइनलको यात्रा तय गरेको हो।
अफ्रिकन रुटलाई फाइनलमा पुर्याउन बासेक र मौस्साले एक/एक गोल गरे। खेलको पहिलो हाफको तेस्रो मिनेटमा नै बासेकले गोल गर्दै अफ्रिकन रुटलाई अग्रता दिलाएका थिए।
केही समय रुटले पुलिस क्लबलाई दबाबमा राखे पनि पुलिसले खेल सम्हा...