कामना सेवा र नेपाल हाउस रेस्टुरेन्टबीच छूट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बारबीच आइतवार छूटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत बैंकमा आबद्ध ग्राहकले काठमाडौंको बालुवाटारस्थित रेस्टुराँले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्मको छूट प्राप्त गर्ने बताइएको छ ।