जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था गरेर ठूलो दुर्घटनाबाट जोगायाैँ - आयोग

काठमाण्डाै – निर्वाचन आयोगले स्थानीय तहको चुनावमा उम्मेदवारी दिने सबैलाई समान चुनावी मैदान उपलब्ध गराउन बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने व्यवस्था गरेको स्पष्ट पारेको छ । आयोगमा आज साेमवार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले संविधान, ऐन र नियमावलीमा भएको कानुनी व्यवस्थाअनुसार नै स्थानीय तहको चुनावका लागि प्रकाशन भएको आचारसंहितामा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था राखिएको बताउनुभयो । निर्वाचन आयोग संविधानअनुसार स्वच्छ, स्वतन्...