कार्यकर्तालाई देउवाको निर्देशन : हँसिया, कलम, रूख जे छ त्यसैमा भोट हाल्ने, किन चाहियो अरू कुरा?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन नपर्ने बताएका छन्। सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले पनि हँसिया हथौडामा भोट हालिसकेको सुनाए।देउवाभन्दा अघि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसीहरु हँसिया हथौडामा भोट हाल्न हिच्किचाउने गरेको तर्फ संकेत गरेपछि देउवाले यस्तो बताएका हुन्। ‘मैले त गएको चुनावमा हँसिया हथौडाम