काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन्।
चितवन क्षेत्र नं. २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको दुई करोड पैसा मागेको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोप्रति प्रश्न गरेका हुन्।