कक्षा १२ को परीक्षाफल आज प्रकाशन नहुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक नहुने जनाएको छ । विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम भइरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए । यद्यपि बोर्डले केही दिनमै नतिजा सार्वजनिक गरिने पनि जनाएको छ । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठकसमेत बोलाइएको थियो […]

सम्बन्धित सामग्री

कक्षा १२ काे परीक्षा आजै प्रकाशित गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशित गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

कक्षा १२ को परीक्षाफल सार्वजनिक

मंसिर १७ , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रवार बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार उक्त कक्षाको परीक्षाफल प्रकाशित गरिएको  हो ।बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार उक्त  परीक्षामा देशभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।  जसमा नियमिततर्फ १ लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसै गरी आंशिकतर्फ १ लाख २३ हजार १२१ परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् । कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।