‘दराज १२.१२ मा सुखद् किनमेल अनुभव लिँदै वर्षलाई बिदाइ गरौँ’

ई–वाणिज्यमा आधारित खुद्रा बिक्रेता अनलाइन दराज नेपालले वर्ष २०२१ को अन्तिम बिक्री अभियान ‘१२ः१२ द इअर इन्ड सेल’ सञ्चालन गर्न लागेको छ । डिसेम्बर १२ (आगामी सोमबार) दराजले यो बिक्री अभियान चलाउनेछ । दराजका बजार सञ्चालन प्रमुख अभिनव शाक्य यो अभियानमा क्रेता र बिक्रेताले किनमेलको थप फरक अनुभव लिनसक्ने दाबी गर्छन् । यो विभागले दराज एपमा क्रेता र बिक्रेताले साइनअप गर्दादेखि बिक्रीसम्म र बिक्री माध्यमसँग उनीहरूले कसरी अन्तरक्रिया गरिरहेका छन् भन्ने मामिलालाई नजिकबाट नियाल्छ । साथै, दर