पीडित किसानलाई ५ अर्ब रुपैयाँ राहत दिने सरकारको निर्णय

बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । १० कट्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको हिसाबमा राहत दिने सरकारले निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साना किसानलाई प्रतिकठ्ठा एकहजार ९२१ रुपैयाँ र प्रतिविघा ३८ हजार ४२० रुपियाँ राहत दिने निर्णय भएको छ ।११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको हिसाबले ३० प्रतिशत राहतको व्यवस्था गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ