म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा पनि नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएका छन्। नैरोबी फ्लाईजस्तै लक्षण देखिने छालासम्बन्धी समस्या भएका बिरामी स्वास्थ्य संस्थामा आउन थालेका छन्। बेनीस्थित बेनी सञ्जिवनी हेल्थ क्लिनिकमा पछिल्लो दिन नैरोबी फ्लाईको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका ५ जना बिरामी आएका बेनी सञ्जिवनी हेल्थ क्लिनिकका सञ्चालक कुमार बानियाँले बताए।‘लक्षण सबै नैरोबी फ्लाईसँग मिल्छ, गाउँतिरबाट पनि फोन आउने गरेको छ‚’ सञ