मंकीपक्स कसरी फैलिन्छ, बच्न के गर्ने?

मंकीपक्स भाइरस नजिकको सम्पर्कबाट फैलिन्छ। यो संक्रामक रोग यौन सम्बन्ध, छालाबाट सम्पर्क, र संक्रमित व्यक्तिको नजिक आउनुबाट फैलिन्छ। भाइरस आँखा, नाक, मुख, र कानमार्फत शरीरमा प्रवेश गर्छ। यो भाइरस संक्रमित बनर, चूहा, र गिलहरीसँगको सम्पर्कबाट पनि फैलिन्छ।

सम्बन्धित सामग्री

मंकीपक्स कसरी फैलिन्छ, बच्न के गर्ने?

मंकीपक्स भाइरस नजिकको सम्पर्कबाट फैलिन्छ। यो संक्रामक रोग यौन सम्बन्ध, छालाबाट सम्पर्क, र संक्रमित व्यक्तिको नजिक आउनुबाट फैलिन्छ। भाइरस आँखा, नाक, मुख, र कानमार्फत शरीरमा प्रवेश गर्छ। यो भाइरस संक्रमित बनर, चूहा, र गिलहरीसँगको सम्पर्कबाट पनि फैलिन्छ।

मंकीपक्सबाट बच्न बिफर खोप

एजेन्सी । जापान सरकारले मंकीपक्सबाट बच्न बिफर खोपलाई स्वीकृति दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आधिकारिक रूपमा मंकीपक्स अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मंकीपक्सविरुद्ध बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई जापानीमा मंकीपक्सको सक्रमण देखिएपछि यो खोप प्रयोगको स्वीकृति दिइएको हो । यसैबीच, […]

यौनजन्य आनीबानीमा सचेत भए मंकीपक्सको संक्रमणबाट बच्न सकिने

काठमाडौं । कोरोना भाईरसबाट पूर्ण मुक्ति नपाउँदै विश्व मंकीपक्स भाइरस संक्रमणको चपेटामा पर्दै गएको छ । विश्वका ७८ वटा देशका १८ हजार मानिसमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपत्काल पनि घोषणा गरिसकेको छ । कोरोना जस्तो मृत्युदर बढी नभए पनि मंकीपक्स पनि पीडादायी नै रहेको चिकित्सकहरूले बताएका छन् । भारतमा पनि मंकीपक्सका बिरामी […]

मंकीपक्स भारतमा देखिसक्यो, सरकार निद्रामा छ : भट्टराई

काठमाडौँ । मंकीपक्सको सङ्क्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल -कायल बनाएको बताए । हालसम्म विश्वमा १८ हजार १९४ जना सङ्क्रमित भएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकाल […]

मंकीपक्स भारतमा देखिसक्यो, सरकार निद्रामा छ : योगेश भट्टराई

१० साउन, काठमाडौं । मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल कायम बनाएको बताए । हालसम्म विश्वमा १८ हजार १९४ जना संक्रमित भएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य […]

७५ देशमा फैलियो मंकीपक्स, डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मंकीपक्स भाइरसको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले ७५ देशमा भाइरस देखिएको जानकारी दिदै  विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको बताएका हुन् । विश्व स्वास्थ्य संगठनको आपतकालीन कमिटिले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो। महानिर्देशक टेड्रोसका अनुसार हालसम्म भाइरसका १६,००० भन्दा बढी केसहरू देखिएका छन् भने ५ जनाको मृत्यु भएको छ। विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा भनेको सबैभन्दा उच्च तहको अलर्ट हो । अहिले कोरोना र पोलियोलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिएको छ ।महानिर्देशक टेड्रोसले मंकीपक्स फैलने जोखिम युरोपमा उच्च रहेको र अन्य क्षेत्रमा मध्यम रहेको बताएका छन् । उनले यो भाइरस अन्तराष्ट्रिय रुपमा थप फैलने जोखिम रहेको उल्लेख गरेका छन् । विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएसंगै यसको खोपको विकासको कार्य तिब्र रुपमा अगाडी बढ्ने अपेक्षा उनले गरेका छन् । त्यस्तै यसलाई फैलिनबाट रोक्नको लागि पनि आवश्यक कदम चाल्न सकिने उनले बताएका छन् । मंकीपक्स सबैभन्दा पहिले सन् १९५० मा मध्य अफ्रीकामा देखिएको थियो । मंकीपग्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जंगलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातीका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, ¥याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो संक्रमण हुनसक्छ । यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्युन रहेको हालसम्मको अध्ययनले देखाएको छ । पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भइ सरेको हुनसक्ने अनुमान छ । यसका अधिकांश लक्षण स्मल पंक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ । कसरी जोखिने ?स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्छ । उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हपता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए । सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताए । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि उनले बताए  ।सहप्रवक्ता अधिकारीले भने , ‘विदेशबाट आउनेहरुले कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा बसिदिनुहोला । व्यक्तिगत सरसफाईको कुराहरु बढी महत्वपूर्ण छ । कुनैपनि चिजहरु सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । यस्तो गर्दा हामीमा यदी भाइरस आएको छ भनेपनि निस्क्रिय भएर जान्छ । कसैको शरीरबाट निस्किएका छिटाहरु हाम्रो शरीरमा आइनपुगोस् र हामीबाट अरुको शरीरमा नपुगोस् भन्न मास्कको प्रयोग गर्नुपर्छ । कोही त्यो क्षेत्रबाट आएको व्यक्ति छ, जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा गएर सम्पर्क ग¥यौं भने  त्यसको उपचार गर्न सहज हुन्छ र अरुलाई पनि सर्दैन ।’सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताए । उनले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरे । मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि बताए । उनले मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए । मंकीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि बताए । उनले मंकीपक्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा आइसकेको पनि बताए  ।  सहप्रवक्ता अधिकारीले भने , ‘यो शरीरमा प्रवेश गरेपछि शरीरमा फोकाहरु हुने, विमिरा आउने, ज्वरो आउने, ग्रन्थीहरु सुन्निनेजस्ता समस्या हुनसक्छ । बालबालिकाहरुलाई यसले अलि बढी असर गर्दछ । सरसफाइमा ध्यान दिऔँ, बाहिरबाट आएका व्यक्तिहरुलाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने, दूरी कायम गर्नुपर्छ । साथै व्यक्तिगत सरसफाई गर्नुपर्छ । हामीले अहिलेसम्म त्यस्तो पाएका छैनौँ । प्रवेश नाकाहरुमा निगरानी गर्ने कुरालाई चुस्त दुरुस्त बनाउनका लागि आवश्यक तयारी गरेका छौँ । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा छौँ । प्राविधिक रुपमा आएका सुझावका आधारमा सरकारले लिने आवश्यक कदम हामी लिँदै जान्छाँै । मंकीपक्स संक्रमण भएर मानिसको मृत्यु हुने अनुपात संक्रमण भएका व्यक्तिमध्ये १० प्रतिशतसम्ममा मृत्युदर हुनसक्छ भन्ने अहिलेसम्मको तथ्यांकहरुले देखाउँछ । केही समयपछि आफैँ हराएर पनि जानसक्छ । कसैलाई ३ देखि ४ हप्तास्म्म पनि लक्षण रहन सक्छ । दुईदेखि तीन हप्ताभित्रमा लक्षण देखाउँछ । अरु व्यक्तिमा सर्ने सभवना पनि यही समयावधि नै हो । मंकीपग्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा पनि आइसकेको छ ।’

मंकीपक्स संक्रमणबारे विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले गर्‍यो आग्रह

जेठ ९, काठमाडौं । सरकारले मंकीपक्सको संक्रमण फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए । उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने पनि बताए । सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको र सीमा नाकाहरुमा निगरानी बढाएको बताए । उनले विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताए । सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताए । उनले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरेका छन् ।   मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि उनले बताए । उनले  मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए । मंकीपक्स लागेको  तीनदेखि चार हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि उनले बताए । उनका अनुसार मंकीपक्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा आइसकेको छ । मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जंगलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा सर्ने भाइरस हो । प्रायः मुसा तथा बाँदर प्रजातीका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, ¥याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो संक्रमण हुनसक्छ । यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्युन रहेको हालसम्मको अध्ययनले देखाएको छ । यो समाचार तयार पार्दासम्म विश्वका ७ ओटा देशमा ३० जनाभन्दा धेरै मानिसहरुमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भइ सरेको हुनसक्ने अनुमान छ । यसका अधिकांश लक्षण स्मलपक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ ।