एमालेमा ७० वर्षे उमेर हद कायमै, उपाध्यक्ष संख्या ओलीले निर्धारण गर्ने

नेकपा एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् । पौडेल विधान संशोधन कार्यदलका संयोजक हुन् ।शनिबार समूहगत छलफल सकिएपछि आइतबार नेताहरुले तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । यसक्रममा विधान संशोधन प्रस्तावमाथि छलफलका क्रममा धेरैजसो नेताहरुले केन्द्रीय पदाधिकारीहरूम