जनकपुरधाम : सिरहाको मिर्चैयामा निषेधाज्ञा तोडेर जनमत पार्टीका कार्यकर्ताहरु प्रदर्शन गरेका छन्। सीके राउत नेतृत्व जनमत पार्टीले केही दिनदेखि तोडफोड सहित आमहड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।
मिर्चैयामा निषेधाज्ञा उल्लंघन गर्दै जनमतका कार्यकर्ता प्रदर्शनमा उत्रेपछि राजमार्ग अवरुद्ध बनेको छ। प्रदर्शनकारीले टायर…